कबिता


रित्तो प्लेटफर्मर जीवन

बुढो घाम
यो बाग्मती खोलाको किनारै -किनार
मेरो आँखाको क्षितिजमा आएर बास बसेपछि
कविता तिमी आइपुग्ने छौ
यो रित्तो उदासपूर्ण प्लेटफर्ममा
ट्रेनजस्तो भारी जवानी बोकेर
र आफूलाई बिस्कुन झैं ओछ्याएर भुँइभरि
चिच्याउने छौ
गमलामा पहेंलिएको लिली जस्तो
मेरो छाती भरि पोखाएर
मुनामदनको प्रेमकथा

देख्ने छैनन् तिमीलाई
अंह,कदापी देख्ने छैनन्
यी भन्ज्याङ्,देउराली
खोला,नाला र पहाड पर्बतहरुले
यी चोक,शहर,नगर,मन्दिर,गुम्ब,चर्च अनि मस्जिदहरुले
मात्र दर्शक बन्नेछन
आँखाहरु झोलामा राखेर
आवाजहरु तकियाले थिचेर
गणेशमानको रंगरोगन उज्वालिएको
बिरूप थोत्रो शालिक जस्तो

नत्र कसरि जिउन सक्छ हँ
आफ्नै औठाछाप
जुत्ता चप्पल जस्तो सस्तो खुद्रामा बेचेर
जीवनलाई ओइलनी जग्गामा
सुकुम्बासी झुप्रो बनाएर
तिमी सोध्न सक्छौ
यी अनिन्दो चौकीदार ल्यामपोस्टलाइ
तिमी हेर्न सक्छौ
आफ्नै अनुहारको
बलत्कारी भित्ताको ऐनालाई


राम कुमार दिल्लगी
सानोदुम्मा, भोजपुर
हाल: यु ए ई

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin