kavita

कबिता


\\म दाषी//

जब कलम आउँछ
पैसा बाहिर जान्छ
अनि कलम मस्तिष्कको
बार्दलीमा पलेटी कसेर
गफ छाट्न थाल्छ।
मै ठुलो हुँ
म बिना कुनै कार्य
असम्भव छ।

अनि म भुईँमा
घुँडामारी बसेर सहि थप्छु
ज्यू मालिक हजुर!
हजुर सर्बश्रेष्ठ होइसिन्छ।

जब पैसा आउँछ
कलम बाहिरिन्छ
पैसा पेटको मझेरीमा
बसेर गफ हाँक्न थाल्छ
हेरिस त! त्यो जाबो लुईरेको
यत्रो आँट, मेरो संसारमा
के के न गरुँ भन्छ।
बिलगेट्सले मलाई पूजा गर्छ
भन्दै घमण्डले छाती फुलाउँदै
खुट्टा बजार्छ।

म सहि थप्छु
ज्यू मालिक हजुर
यहाँ भन्दा ठुलो सँसारमै को होला र?
पैसा जुँगा मुसार्दै हाँस्छ
मेरो मगजका ढोकाहरु
फट्फटी फुट्छन।

यथार्थ
म यि दुवैको दाषी रहेछु....
जहिले सहि थप्दै बाँचीरहेछु..
यि भन्दा बाहिर
म कहिल्यै आउन सकिरहेको छुईन
म यि दुई बस्तुको सेन्ट्रल कैदीघरमा
कैद भएको रहेछु
म अझै प्रयत्नमा छु
मेरो प्रयत्न सधैं रहनेछ
यि दुई भन्दा शक्तीशाली तेस्रो के होला??
म खोजमा छु यि दुई भन्दा
शक्तीशाली बस्तुको ||

बिजे "बिद्रोही" 
ठुलोदुम्मा-९, 
भोजपूर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin