kavita

कबिता

\इडिपसग्रन्थिबाहिर-  बहुरङ्गिक सपना/

आदिम गुफाबाट
एकाबिहानै निक्लीइएर
अलिकति माथि देउरालीसम्मन् पुगेर  समसाँझ मोर्फियसको पूजाअर्चना गर्दै
मानिसहरु गड्यौला भएर  छन्,हिडिरहेछन्।।।।।।।।।।।
गड्यौंलाहरु मानिस भएर छन्, हिडिरहेछन्।।।।।।।।।। ओहोरदोहोर्-ओहोरदोहोर
हतार-हतार सायासले ल्याङ्  फ्याङ जिन्दगीसित
सिलिङ्मिलिङ सिलिङ्मिलिङ।।।।।।।।।।।।।।।।।।कहाँ पुग्ने होलान् यी मानिसहरु !


सपना त रातभरिलाई हो हजुर'लाई
छ्याङ्गै उज्यालो पारेर लाठे आत्मप्रबोधनले
प्रतिचिन्तनमा छु-कहीं होइनमा हिंडेर छु 'ले
म टुक्रिन्दै टुक्रा  टुक्रा    क्रा
खण्डिकरणको नियमले गिदीको लिदी निकालेर
कृया र प्रतिकृयाको विनियमले हृदय फुटालेर जम्मै
अणुबाट-
परमाणु
अनि 'नी  न्युक्लियस्,प्रोटोन र इलेक्ट्रोन हुँदै
क्वान्टम तरङ्ग
त-  रङ्ग   फुक्लिएर उही खण्डिकरणले, कृया-प्रतिकृयाले
हार्दिक जतनले रङ्ग मस्तिष्कको  चेपमा सिउरेर
थेसिस्,एन्टि-थेसिस र सिन्थेसिसको तीनजुरे डाँडामा
इदम्, अहम् र पराहम्को साँघुरो घरभित्र
अन्तरिम निन्द्रा एक झप्को निदाउँछु म
इडिपसग्रन्थिबाहिर बहुरङ्गिक सपना बोकेर
उँभो सगरमाथातिर उक्लन्दै गरेको मानिस !
सपना देख्छु-
इदम्- बाट बनेको सपना सम्यक् ज्ञानले बन्छ बहुरङ्गिक सपना !
इदम् -बाट बनेको सपना सम्यक् विज्ञानले बन्छ बहुरङ्गिक सपना !
इदम्- बाट बनेको सपना सम्यक् संज्ञानले बन्छ बहुरङ्गिक सपना !
सपनाको पश्चात विस्तारण-
म आमा र बहिनीसित सिँढी उक्लन्दै हुन्छु । उक्लन्दा उक्लन्दै छतमाथि पुगेपछि मलाई थाहा हुन्छ कि मेरी बहिनी शिशुकी आमा चाँडै हुँदै छे ।
फ्रायड भन्छन्- सिँढी उक्लनु सम्भोग गर्नु हो ।
एडलर भन्छन्- सिँढी उक्लनु क ठिनाइमा विजय गर्दै जानु हो ।
युङ्ग भन्छन्-  सिँढी उक्लनु भविष्यको उन्नति देख्नु हो ।
म भन्छु-सिँढी उक्लनु सादा जीवनमा रङ्ग पोतिनु हो ।
इदम्  -बाट बनेको सपना अन्तरङ्गले बन्छ बहुरङ्गिक सपना !
इदम्  - बाट बनेको सपना प्रतिरङ्गले बन्छ बहुरङ्गिक सपना !
इदम् -बाट बनेको  सपना रङ्गले बन्छ बहुरङ्गिक सपना !

सपना त रातभरिलाई हो हजुर'लाई
छ्याङ्गै उज्यालो पारेर लाठे आत्मप्रबोधनले
प्रतिचिन्तनमा छु-कहीं होइनमा हिंडेर छु 'ले
इडिपसग्रन्थिबाहिर बहुरङ्गिक सपना  देख्छु-
पानीको रङ्ग हुन्छ सिम्युलेक्रा बराबर
म नाइल नदी नीलो बग्छु हुन्छु
म लालसागर रातो बग्छु हुन्छु
म लिजियाङ नदी हरियो बग्छु हुन्छु
म दुधकोशी सेतो बग्छु हुन्छु

-समदर्शी काइँला
पान्थर हाल अबुधाबी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin