kavita

कबिता



\लेख्ने रहर /
रहर पनि कस्तो ?
उर्फ !
लेख्न मन लाग्यो
 
कथा खोंजे
गाथा रंचे
क्लाइमेक्स नि सोंचे
 
अरुको कथा कोरे,
पुगेन
आफ्नै पनि थंपे
 
भाव बुंने,
घरी मिठो
घरी तितो
दुःखकासुखका
हर्षकाव्यथाका
मिलनविछोडका
प्रेमधोकाका
यथार्थ कल्पनाका
आदर्श वास्तविकताका
सबैसबैका
 
कोर्दाकोर्दै मसी सिद्धियो
कोरेरमेटेर पाना भरियो
त्यै पनि,
पूर्ण भएन
 
आफैंलाई चित्त बुझेन,
कतै कथा नमिले जस्तो
थोरै भाव भड्किए जस्तो
क्लाइमेक्स नि खल्लो खल्लो,
घरी धेरै सरल
घरी बुझ्दै नबुझिने जस्तो
 
कठै !
के रौंस चलेको होला मलाई ?
कस्तो रहर जागेको ?

 
याक्दुहाङ्ग  धिरज
रानीवास , भोजपुर
हालः विराटनगर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin