kavita

कबिता


\उपल्लो जीवन/

केराको पातहरुमा लुकेर
हुर्किरहेका गाँजाहरु जस्तै
शहरका भित्री गल्लीहरुमा,
घोघापैनीहरुमा,
एकान्त छहारीहरुमा
गाँजाकै कृपाले
आफ्नै डाक्टर बनेर डुलीरहेछु

धँुवाले निको पार्न खोज्छु रोग
नभएर झोल पनि थप्छु
हुदैन, ट्याव्लेट नि खान्छु
अझै नपुगेर
सिरिन्ज भर्छु नसानसामा

अनि,
उड्छु माथिमाथि हावासँगै
हावामै सपना बुन्छु
खुसि खोज्छु
भूत भविष्य खोतल्छु
जीउनुको सार्थकता निचोर्छु
जीवनको अर्थ कोट्याँउछु

फेरी एक्कासी,
हावा खुस्केको बेलुन झैँ
खस्तछु भुइँमा
, सम्झिन्छु आफ्नो दशा
सोँच्दछु मेरो उब्रेको जीन्दगी

धिरज याक्दुहाङ
रानीवास  , भोजपुर
हाल : विराटनगर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin