kavita

कबिता



"प्रेम"
यदि प्रेम परमात्मा हो भने
म साधना गर्न चाहन्छु
यदि माया समाधि हो भने
म यसैमा लीन हुन चाहन्छु ,
यदि प्रेम सुन्दर कविता हो भने
म कोर्न चाहन्छु
यदि माया मिठो गीत हो भने
म गाउँन चाहन्छु ,
यदि प्रेम सागर हो भने म
त्यहाँ डुब्न चाहन्छु
यदि माया मन्दिर हो भने
म पूज्न चाहन्छु,
यदि प्रेम त्याग हो भने
म तपस्या गर्न चाहन्छु
यदि माया मैन हो भने
म अनन्त जल्न चाहन्छु,
तर, यदि प्रेम प्राप्ति हो भने
पाउन चाहन्छु
यहीं फाटेको मायामा
मलम लाउन चाहन्छु,
यदि प्रेम मुस्कान हो भने
म यसैमा हाँस्न चाहन्छु
यदि माया दुखाइ हो भने
अमृत मानि पिउन चाहन्छु,
यदि प्रेम समर्पण हो भने
म हार्न चाहन्छु ,
यहीं नै प्रेमको नाम हो भने हाँसी-हाँसी -
म यसैमा होमीइ देह त्याग्न चाहन्छु,


यासिन राई 
काठ्माडौ नेपाल
हाल: ईजरायल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin